उपभोग्य वस्तुको मूल्य सरकारी निकायले नै तोक्नुपर्ने अधिकारकर्मीहरुको जोड

51
Want create site? Find Free WordPress Themes and plugins.

 अषाढ,२९-

उपभोक्ता हित सम्बन्धि सचेतनात्मक अन्तक्र्रिया आज मकवानपुरको मनहरीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर आयोजक रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले को अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता, आम सर्वसाधारणलाई विद्यमान कानूनको बारेमा जानकारी दिने, वस्तुको गुणस्तर, विल लिने दिने, उपभोग्य मिति लगायतको विषयमा सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको बताएका छन् ।

अन्तक्र्रिया कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बजारमा उपभोक्ता मात्रै होईन व्यवसायी समेत ठगिएको बताएका छन् । बजारलाई चुस्त राख्ने हो भने, भन्सारबाट शुरु हुने न्युन विजकीकरणको समस्या बाट निराकरण गर्नु पर्ने बताएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता हित संरक्षण मञ्चका मकवानपुर अध्यक्ष बासु खतिवडाले बजारमा आउने सेवामूलक उत्पादनमूलक वस्तुको मूल्य सम्बन्धित व्यवसायिक संगठनले तोक्ने परिपाटीको अन्त्य गर्दै नियमक सरकारी निकायले नै मूल्य तोक्नु पर्ने बताएका छन् ।
अन्त्क्र्रिया कार्यक्रममा उपभोक्ता हित संरक्षण ऐन २०५४, सुशमसन ऐन २०५५, औषधि, सडक, सवारी ऐन, नापतौल ऐन २०२३ लगायतमा अन्तक्र्रिया गरिएको थियो । सो कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्तावादी संघ संस्था, व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here