एउटा यस्तो खुर्सानी जुन खाँदा तपाईंको ज्यानै जान्छ

47
Want create site? Find Free WordPress Themes and plugins.

एक सेफले संसारको सबैभन्दा पिरो खुर्सानीको विकास गरेका छन् जुन खाँदा तपाईंको ज्यानै जाने खतरा छ । ड्र्यागन ब्रेथ नाम दिइएको उक्त खुर्सानी एनेस्थेटिकको रुपमा चिकित्सा उपचारमा प्रयोग गर्नका लागि विकास गरिएको थियो किनभने उक्त खुर्सानीबाट निस्कने तेल यति धेरै शक्तिशाली हुन्छ कि यसले छालालाई चेतनाशून्य बनाइदिन्छ ।

सेन्ट अस्याफस्थित नर्थ वेल्सका माइक स्मिथले विगत ७ वर्षदेखि खुर्सानी र तरकारीको उत्पादन गरिरहेको द डेली पोष्ट रिपोर्टले बताएको छ । यो खुर्सानी खाने व्यक्तिलाई ‘एनाफिल्याक्टिक सक’ लाग्छ जसले वायुमार्गलाई जलाउने काम गर्छ ।

५३ वर्षे स्मिथ भन्छन्, ‘यसलाई खानै सकिन्न । मैले एकपटक यसलाई जिब्रोको टुप्पामा छोएर चाखेको थिएँ, तर यसले यति पोल्यो कि कुरै नगरौं । मैले त्यसलाई करिब १० सेकेन्डभित्रै थुकिदिएँ ।’ ड्र्यागन ब्रेथ यति शक्तिशाली छ कि यसको एक थोपा तेलले २० लाख ४८ हजार थोपा पानीलाई पिरो बनाउँछ । नोटिङ्घम ट्रेन्ट युनिभर्सिटीसँगको समन्वयमा तयार गरिएको उक्त खुर्सानीको औषधीय गुणसमेत भएको स्मिथ बताउँछन् ।

उनले भने, ‘एनेस्थेटिकसँग एलर्जी भएका मानिसहरुको उपचारका लागि यसको विकास गरिएको हो  । यसको तेल छालामा प्रयोग गर्न सकिन्छ किनभने यो यति शक्तिशाली छ कि यसले छालालाई केही चाल नपाउने किसिमको बनाउँछ । ’ ड्र्यागन ब्रेथ चिल्ली यति शक्तिशाली छ कि यसलाई विशेष सिल गरिएको कन्टेनरमा राख्नुपर्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here