एएफसी सोलिडारिटी कप : ब्रुनाइमाथि सानदार जितसँगै नेपाल सेमिफाइनलमा

98
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २३ – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइमाथि ३–० को सानदार जित निकालेको छ । नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै भरत खवासले नेपालका लागि खेलको ७२ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उनले कर्नरबाट पाएको पासलाई गोलमा परिणत गरेका थिए ।नेपालका लागि तेस्रो गोल विमल घर्तीमगरले गरे । विमल घर्तीमगरले पेनाल्टीमार्फत ७९ मिनेटमा गोल गरेका थिए । खेलको सुरुवातदेखिनै नेपाल ब्रुनाइमाथि हावी भएको थियो । ब्रुनाइले पाएका केही गोलका मौकालाई भने सदुपयोग गर्न सकेन । पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले दास्रो खेला बूनाइलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनमा प्रवेश गरेको छ । सात देश सहभागी प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र बु्रनाइ समूह एमा छन् । यस्तै समूह बिमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here