एक आपसमा दुई गाडि ठोकिदा तीन जनाको मुत्यु

31
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२७

सर्लाहीको हरिऔनमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मुत्यु भएको छ । एक पैदलयात्री घाइते भएका छन् । गएराती पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरीऔन नगरपालिका-११ स्थित इलाका प्रहरी कार्यालय अगाडि काँकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको मे १ ख २१०८ नम्बरको बसले ना ३९ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा मोटरसाइकल चालक हरिऔन नगरपालिका-१ का १७ वर्षीय बिशाल श्रेष्ठ, मोटरसाइकल पछाडि बस्ने हरिऔन नगरपालिका-११ का १९ वर्षीय अमिरजंग थापा र सोहि स्थानका १९ वर्षीय विकास विक रहेको सर्लाहीका एसपी उत्तमराज सुवेदीले जानकारी दिए । दुई जनाको नमूना अस्पताल हरिऔनमा उपचारका क्रममा ज्यान गएको हो भने एक जनाको चुरेहिल हस्पीटल हेटौंडामा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिऔनले जनाएको छ । मोटरसाइकलले बाटो क्रस गर्न लागेको बेला बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा घाइते पैदल यात्री हरिऔन नगरपालिका-११ का पवनखोजु श्रेष्ठ नमूना अस्पतालमा उपचारपछि घर फर्किएका छन् । बस र बस चालक झापा मेचीनगर-३ का ४२ वर्षीय राजन बुढाथोकी र मोटरसाइकल इलाका प्रहरी कार्यालय हरिऔनको नियन्त्रणमा छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here