एक जना नक्कली प्रहरी पक्राउ

384
Want create site? Find Free WordPress Themes and plugins.

भदौ ३० – आफूलाई नेपाल प्रहरीको घुमुवा बताउँदै सर्वसाधारणलाई ठग्ने नेपालगञ्ज-२२ का जगतराम कुर्मीलाई प्रहरीले नेपाल प्रहरीको नक्कली परिचयपत्रसहित पक्रेको छ ।  कुर्मीले एकान्त स्थानमा भेटिने व्यक्तिलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी बताउँदै परिचयपत्र देखाएर लुटपाट गर्ने गरेको गुनासो आएपछि प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरिक्षक रामबहादुर चन्दले जानकारी दिनुभयो । नक्कली परिचयपत्र देखाउँदै कुर्मीले खान तलासीको नाममा पर्स र मोवाइल  लुट्ने गरेको पाइएको प्रहरीले जनाएको छ । कुर्मीले पछिल्लो एक महिनादेखि नक्कली प्रहरीको नाममा लुटिरहेको धेरै घटना मौखिक रुपमा जानकारीमा आएपछि पक्राउका लागि प्रहरीले टोली परिचालन गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here