एक दिनमै ६ सय चालक कारबाहीमा

42
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २२ – काठमाडौं उपत्यकामा एकै दिन सडक लेन अनुशासन पालना नगर्ने झण्डै ६ सय चालक कारबाहीमा परेका छन् । मंगलबार एकै दिन लेन अनुशासन पालना नगर्ने ५ सय ९४ जनालाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लेन अनुशासन पालना नगर्नेमा धेरैजसो मोटरसाइकल चालक छन् । दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापनका लागि लेन पालना गर्न गराउन ट्राफिक प्रहरीले कडाइका साथ कारबाही गरिरहेको छ । महाशाखाले लेन अनुशासन पालना नगर्नेलाई पाँच सय देखि १५ सय रुपैयाँसम्म जरिवाना तिराई  एक घण्टाको सचेतना कक्षामा राख्ने गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here