एक लाख रुपैयाँ भेटाएर पनि फिर्ता गरे

79
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २२ – हेटौडाको मुख्य बजारमा एक लाख रुपैयाँ भेटाएका विश्वास श्रेष्ठले प्रहरीमार्फत पैसा हराउने पीडितलाई पैसा बुझाउनुभएको छ । हेटौडा मेनरोडको नबिल बैंक अगाडि सडकमा एक हजार रुपैयाँ दरका एक सय वटा नोटको एक गड्डी भेटाउनुभएका हेटौडा–३ विश्वास श्रेष्ठले प्रहरीलाई बुझाएका थिए । पैसा भेट्ने बित्तिकै श्रेष्ठले बजारमा गस्ती गरिरहनुभएका प्रहरी निरीक्षक बेदप्रसाद गौतमलाई पैसा बुझाउनुभएको थियो । पैसा हरायो भन्दै हेटौडा–५ का श्रीराम पराजुली प्रहरीको उजुरी गर्न आएपछि उहाँलाई एकलाख रुपैयाँ श्रेष्ठकै हातबाट हस्तान्तरण गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताउनुभयो । पराजुलीले ग्लोबल आइएमइबाट पाँच लाख रुपैयाँ झिकेको र एक लाख कता खस्यो पत्तो नपाएको प्रहरीलाई बताएका थिए । ग्लोबल आइएमइबाट रकम झिकेको प्रमाण फेला परेपछि मात्रै उनलाई प्रहरीले एक लाख हस्तान्तरण गरिएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here