एक व्यक्ति एक किलो अवैध सुनसहित पक्राउ

37
Want create site? Find Free WordPress Themes and plugins.

असार ८ – भारततर्फ सुन लिएर जाँदै गरेका सर्लाहीको औरही-२ का २१ वर्षका अजयकुमार यादव ९ सय ९९ ग्राम अवैध सुनसहित मलंगवामा पक्राउ परेका छन् ।

यादवलाई धनकौलबाट भारतको सोनवर्षा तर्फ अवैध सुन लिएर जाँदै गर्दा मलंगवा नगरपालिका-१० टावरचौकबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

बीआर ३० एम ४०६९ नम्बरको मोटरसाइकलको डिकीमा प्लाष्टिकको पोकाभित्र लुकाएर राखेको अवस्थामा अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ । यादवले ४ हजार रुपैयाँ लिएर मलंगवाबाट सोनवर्षासम्म सुन पु¥याइदिने जिम्मा लिएको प्रहरीलाई बयान दिएका छन् ।

अवैध सुन कसको हो भन्ने बारेमा अनुसन्धान भैरहेको डिएसपी रिजालले बताउनुभयो । उहाँका अनुसार बरामद गरिएको सुनमा यूएई लेखिएको छ । विदेशबाट काठमाडाै हुँदै अवैध सुन सर्लाहीसम्म ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

बरामद गरिएको सुन र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here