एनसेलबाट ५ रुपैयाँमा १ सय वटा एसएमएस गर्न सकिने

42
Want create site? Find Free WordPress Themes and plugins.

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नाईट एसएमएस प्याक नामक आकर्षक योजना ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजेदेखि विहान ६ बजेसम्म ५ रुपैयाँ मा १ सय एसएमएस पठाउन सक्नेछन् ।

नाईट एसएमएस प्याक असार १ गतेदेखि लागु भई ३ महिनाको अवधि सम्म संचालनमा रहने एनसेलले जनाएको छ । एनसेलका सबै ग्राहकले *१७११९# डायल गरी प्राप्त जानकारी अनुसार यो सेवा सुरु गर्न सक्ने छन् ।

ग्राहकले सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने वा आफ्नो आवश्यकता अनुसार प्रत्येक पटक दैनिक रुपमा प्याक खरिद गर्ने गरी दुई किसिमबाट यो सेवा लिन सक्ने एनसेलले स्पष्ट पारेको छ ।

‘बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो प्याक योजना ल्याएका हौं ।’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँगसम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्वास लिएका छौ ।’ यो प्याक २४ घण्टाका लागि मात्र मान्य हुने र स्वतः नविकरण हुने प्याक मध्यरातमा नवीकरण हुने पनि एनसेलले जानकारी दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here