एनसेल टावर आक्रमण गरेको आरोपमा पक्राउ परेका माओवादी नेता रिहा

39
Want create site? Find Free WordPress Themes and plugins.

असार ९ – एनसेल टावरमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका बाग्लुङका जिल्ला नेता बाबुलाल शाक्य ११ दिनपछि रिहा भएका छन् ।

बाग्लुङको बिहुँमा रहेको एनसेल टावरमा आगजानीमा संलग्न भएको आरोपमा शाक्यलाई गएको जेठ ३१ गते प्रहरीले पक्राउ गरेको थियो । शाक्य माओवादी जिल्ला सचिवालय सदस्य तथा जिल्ला जनपरिषद्का संयोजक हन् । उनलाई बिहिबार साधारण तारिखमा छोडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शाक्यमाथि प्रहरीले सार्वजनिक मुद्धा चलाएको थियो । सार्वजनिक मुद्धामा जिल्ला प्रशासनले बोलाएको समयमा उपस्थित हुने गरी साधारण तारिखमा छोडेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले बताउनुभयो ।

विभिन्न १० जिल्लामा एनसेल र वल्ड भिजनको कार्यालयमा आगजनी गरे लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला स्तरमा माओवादी गतिविधि प्रति निगरानी बढाउन परिपत्र गरेपछि शाक्यलाई पक्राउ गरिएको थियो ।

नेकपा माओवादीले भने आफ्ना निर्दोष नेतालाई पार्टी आस्थाका आधारमा पक्राउ गरेको भनेर विरोध जनाउँदै शाक्यलाई तत्काल रिहाई नगरे थप कदम चाल्न बाध्य हुने चेतावनी दिँदै आएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here