एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने

57
Want create site? Find Free WordPress Themes and plugins.

साउन १८ – नेकपा एमालेले प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने भएको छ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले आफ्नो पार्टीका तर्फबाट कसैलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको एमालेका एक नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारमा एमाले प्रतिपक्षमा बस्ने भएकाले उम्मेदवार नउठाउने निर्णय भएको एमालेले जनाएको छ । यसअघि एमालेबाट सुवासचन्द्र नेम्वाङ र बामदेव गौतम मध्ये एकलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here