एमाले अध्यक्ष ओलीको आरोप – सरकार चुनावबाट भाग्न खोज्दैछ

43
Want create site? Find Free WordPress Themes and plugins.

चैत,५–

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तहको निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ । नेकपा एमाले ६ नम्वर प्रदेश कमिटीले सुर्खेतमा गरेको आमसभालाई सम्बोधन गदै उहाँले एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको बताउनु भयो । राष्ट्रियताको पक्षमा दृढ रुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको उल्लेख गदै उहाँले एमालेप्रति जनता आकर्षित भएको कारण चुनाव नगर्ने कोशिस भैइरहेको बताउनु भयो । कुनै पनि वहानामा चुनाव रोकिन नहुने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री ओलीले चुनावको लागि एमाले अझ कडा रुपमा प्रस्तुत हुने उद्घोष गर्नुभयो । संविधान कार्यान्वयनको लागि निर्वाचनको विकल्प नभएको भन्दै उहाँले  चुनावको लागि दृढताको साथ उभिन सरकारलाई सुझाव दिनुभयो । पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको बताउनु भयो । उहाँले घोषणा गरेको चुनाव गर्न नसक्ने भए सत्ता छाड्न कांग्रेस माओवादीलाई चेतावनी समेत दिनुभयो । आमसभामा एमालेका महासचिव ईश्वर पोख्रेलले चुनाव नगर्नको लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनु भयो । उहाँले देशको हित विपरीत ल्याउन लागेको संविधान शंसोधनको प्रस्ताव एमालेले कुनै पनि हालतमा पारित हुन नदिने उल्लेख गर्नुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here