एमाले अध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित

48
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको छ । निर्धारित तालिका अनुसार शुक्रबार दिउँसो बंगलादेशको राजधानी ढाका जाने भनिए पनि भ्रमण स्थगित भएको  एमालेले जनाएको छ ।  एमालेले विज्ञप्ति निकालेर पछिल्लो राजनीतिक घटनाक्रमका कारण उहाँको भ्रमण स्थगित भएको जनाएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।  बंगलादेशको अवामी लिग पार्टीको २० औं त्रैवार्षिक सम्मेलनमा सहभागी हुन ओली ढाका जाने तयारीमा हुनुहुन्थ्यो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here