एमाले र माओवादीबीच एकता हुनै सक्दैनः राणा

29
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनै नसक्ने दावी गरेका छन् । अध्यक्ष राणाले २ पार्टीबीचकै सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने सुनिश्चित भईसकेको पनि स्पष्ट पारे ।  उनले  नयाँ सरकार कम्तिमा पनि २ वर्षसम्म टिक्ने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए । सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नयाँ सरकारलाई भारत तथा चीन दुवै मुलुकको साथ रहने पनि बताए । उनले  भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण नयाँ बन्ने सरकारसँग सम्बन्ध सुधारको लागि भएको दावी पनि गरे ।  अध्यक्ष राणाले प्रदेशको राजधानी तोक्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभाकै भएको पनि बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here