एसिड प्रहारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ, मुख्य योजनाकार फरार

77
Want create site? Find Free WordPress Themes and plugins.

दाङ, फागुन २९ – दाङमा एक महिलामाथि एसिड हानेको हारोपमा दुईजना पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकारको खोजि भइरहेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आशंकामा दुई युवालाई पक्राउ गरिएको र उनिहरुको बयानका आधारमा थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जना गुलरिया कै भएपनि प्रहरीले नाम खुलाएको छैन । व्यक्तिगत रिसिविका कारण एसिड आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

घोराही नगरपालिका–२ गुलरियाकी ३२ वर्षकी रिता चौधरीमाथि बिहीबार बेलुकी एसिड प्रहार भएको थियो । आफ्नै किराना पसलमा रहेका बेला हातमा पंजा र अनुहारमा मास्क लगाएर मोटरसाइकलमा आएका यूवाहरु मध्ये एकजनाले चुरोट र दालमोट किनेको केही बेरमा सिरिञ्जको प्रयोग गरि चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट ती महिलाकाे दाहिने कान र गालामा ठूलो घाउ भएको थियो । उनकोे कोहलपुरमा उपचार भैरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here