ओलम्पियन गौरिकालाई ६ स्वर्णपदक

18
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२- 

बीसौँ राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित छ स्वर्ण हात पारेकी छिन् । ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सब विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् ।प्रतियोगितामा उनले छ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् । बिहीबार भएको पहिलो प्रतियोगितामा गौरिकाले दुई स्वर्ण जितेकी थिइन् । शुक्रबार भएको दोस्रो तथा अन्तिम खेलमा उनले तीन कीर्तिमानसहित चार स्वर्णपदक हात पारेकी हुन् । उनले सय मि फ्रिस्टायल, सय मि बटरफ्लाई र ५० मि फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मि मिक्स फ्रि रिलेमा नेपाल आर्मीका अनुभव सुब्बा, दिलप्प थापा मगर र ओसिना भारतीसँग मिलेर स्वर्ण जितिन् । उनले पहिलो दिन दुई सय मि फ्रिस्टायल र ५० मि बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनले रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाएकी थिइन् ।

-रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here