ओलीले भने ‘प्रचण्ड प्रधानमन्त्री भएको ४ महिनासम्म उहाँले तास फिटेजस्तो कुरामात्रै फिट्नुभयो कुनै काम भएन‘

26
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले चार महिनामा संविधान संशोधनको लागि एउटा पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।  काठमाडौंमा अनेरास्ववियु र युवासंघले गरेको कार्यक्रममा ओलीले भन्नुभयो, ‘प्रचण्ड प्रधानमन्त्री भएको अबको १० दिनमा ४ महिना हुनेरहेछ, ४ महिनासम्म उहाँले तास फिटेजस्तो कुरामात्रै फिट्नुभयो कुनै काम भएन ।’  माओवादी र मधेसवादी दलप्रति निकै आक्रोशित ओलीले चुनाव गर्ने कानुन पनि नबनाएर सरकारले चुनावलाई वेवास्ता गरेको आरोप लगाउनुभयो । ओलीले संविधान संशोधनको नाममा एमालेलाई समावेशी र संघीयता विरोधी भनेर भ्रम फैलाउने काम भैरहेको पनि बताउनुभएको छ । अहिले संविधान संशोधनको नाममा देश टुक्राउने खेल भैरहेको भन्दै अध्यक्ष ओलीले कुनै पनि हालतमा त्यो सफल हुन नदिने बताउनुभयो । ओलीले देशको स्वाभिमानप्रती एमाले प्रतिबद्ध भएकाले नाजायज कुराको लागि सम्झौता नगर्ने दावी गर्दै संविधान संशोधन खोज्नेले नै औचित्य पुष्टी गर्न नसकेको बताउनुभयो

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here