ओली र देउवाबिच सिंहदरबारमा वार्ता, अबको राजनीति कता

41
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच एमाले दलको कार्यालय सिंहदरबारमा कुराकानी भइरहेको छ । संविधान संशोधन प्रस्ताव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावसँगै समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भइरहेको बताइएपनि कुराकानीको प्रमुख विषय भने बाहिर आएको छैन । यसअघि एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्तावको विषयमा कांग्रेससँग छलफल गर्ने बताएका थिए । लोकमानसिंहमाथिको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायत प्रमुख विषयमा ठूला दलबिच नै मत मिलेको छैन । प्रमुख दलका नेताहरु एकआपसमा भेटेर बदलिँदो राजनीतिक परिस्थितिका बारेमा कुराकानी गरिरहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here