औषधि व्यवस्था विभागद्वारा तीन कम्पनीका औषधि फिर्ता

42
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१७  औषधि व्यवस्था विभागले नेपाली बजारमा प्रयोग हुँदै आएका तीनवटा कम्पनीका औषधि फिर्ता गर्न सम्बन्धित औषधि कम्पनी तथा डिलरहरुलाई निर्देशन दिएको छ ।विभागले नेपाली बजारमा बिक्री वितरण हुँदै आएका औषधि मापदण्ड विपरित तथा न्युन गुणस्तरको भएको फेला पारेपछि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको हो । फिर्ता हुनेमा नेपाली कम्पनी लोमस फर्मास्यिुटिकल्स प्रालिले उत्पादन गरेको (व्याच नम्बर सिआरपी-०२१५) को एन्टीवायोटिक क्युरेसिप ५०० नामको सिप्राफ्लोक्सासिन छ । त्यस्तै, भारतीय कम्पनी डा. रेड्डीज ल्याव्रोरेटेरिज प्रालिको राजो-२० नामको राविप्राजोल सोडियक ट्याबलेट (व्याच नम्बर ई५००७३५) र भारतीय कम्पनी थेमिस मेडिकियर लिमिटेड गुजरातले उत्पादन गरेको भोभेरन इन्जेक्सन १ एमएल (डाइक्लोफेनाम सोडियम आइपी ७५ ग्राम) रहेका छन् । ग्यास्टि्रकमा प्रयोग हुने औषधि राजो २० (रावीप्राजोल सोडियम ट्याबलेट आइपी) र टाइफाइडमा प्रयोग हुने सिप्रोफ्लोक्सासिन ५०० एमजीको औषधि मापदण्ड अनुसार नभएको पाइएको हो । त्यस्तै, अपरेशन पछि कडा दुखाईमा दिइने सुई भोभेरन इन्जेक्सनमा प्रयोग भएको पदार्थ सुईजन्य औषधिको बनावटमा प्रयोग गर्न नमिल्ने भएपछि फिर्ता गरिएको हो । विभागले फिर्ता गरिदिएका ती औषधिहरुको विवरण १५ दिनभित्र विभागलाई बुझाउन समेत निर्देशन दिइएको छ । साथै उक्त औषधि बजारबाट यथाशिघ्र उठाउन तथा तथा खरीद गरिएका ती औषधि विरामीलाई समेत प्रयोग गर्न नदिन निर्देशन दिइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here