औषधी लिन घरबाट हिँडेकी महिलाको रहरबारीमा शव भेटियो

31
Want create site? Find Free WordPress Themes and plugins.

असोज २० – बाँकेको कम्दी गाविस-९  की ३० बर्षिया शान्ति बुढाको घरभन्दा केही टाढा रहरबारीमा शव फेला परेको छ । शान्ति बुधबार दिउँसो औषधी लिन भन्दै घरबाट निस्केको परिवारले जनाएको छ ।  राति अबेरसम्म पनि घर नफर्किएपछि शान्तिको खोजी गर्नेक्रममा कम्दी-६ स्थित रहरबारीभित्र मृत अवस्थामा बिहीबार बिहान फेला पारिएको हो ।  प्रहरीले उनको साथमा औषधी समेत फेला परेको जनाएको छ ।  शव रहरबारीभित्र नाङ्गो अवस्थामा फेला पारिएका कारण बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीय बासिन्दाले अनुमान गरेका छन् । घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरिएको बुझिएको जनाएको छ । शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here