कक्षा १२ को नतिजा प्रकाशित

39
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २७ – कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३  जनामध्ये ८४ हजार पाँच सय ९३ जना पास भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उहाँले जानकारी दिनुभयो । नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here