कक्षा १२ को मौका परीक्षा सकियो, नतिजा यही महिना आउने

52
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ६ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ । कक्षा १२ मा एक विषय अनुतिर्ण भएका विद्यार्थीका लागि शनिबार एकदिन सञ्चालन गरेको मौका परीक्षामा ३३ हजार पाँच जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । देशभरका ८७ वटा परीक्षा केन्द्रबाट एकै साथ सञ्चालन भएको परीक्षामा सबैभन्दा बढी अंग्रेजी विषयमा ११ हजार विद्यार्थी सहभागी भएको बताउनुभयो । परीक्षामा अर्थशास्त्रमा सात हजार, लेखामा तीन हजार तीन सयसहित अन्य विषयमा अनुतिर्ण भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए । मौका परीक्षाको नतिजा यही महिना भित्र सार्वजनिक गर्ने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here