कटारीमा ३३ किलो गाँजासहित दुई जना पक्राउ

38
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ९ – उदयपुरको पश्चिमी क्षेत्र कटारीमा प्रहरीले दुई दिनमा ३३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको पश्चिमी गाविस सिरिसे ८ का दुर्गाबहादुर तामांङ र सिरिसे ५ का पुर्णबहादुर थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) चिरन्जिवी कोईरालाका अनुसार तामाङलाई आईतबार र मगरलाई सोमबार बिहान पक्राउ गरिएको हो । आईतबार गाँजासहित पक्राउ परेका तामांङको वयानको आधारमा मगरलाई सोमबार बिहान घरबाटै पक्राउ गरिएको डिएसपी कोईरालाले जानकारी दिनुभयो । दुबैलाई म्याद थप गरी लागू औषध तथा नियन्त्रण ऐन अनुसार मुद्दा चलाईने प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समयमा लागु औषध नियन्त्रणमा सक्रियता बढाएको छ । यसका साथै जिल्लाको पश्चिम उत्तरी क्षेत्रका आधा दर्जन पहाडी गाविसमा अवैधरुपमा लगाईदै आएको लागू औषध गाँजाको खेती नष्ट गर्नसमेत शनिवार देखि नै प्रहरी परिचालन गरिएको छ । टोलीले तीन दिनमा ४३ रोपनी गाँजा खेती नष्ट गरिसकेको छ  । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार गाँजा खेती लगाईएको गाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।  नेपाल प्रहरीका ५० जना र सशस्त्र प्रहरीका ३० जनाको टोलीले शनिबार देखि नै गाँजा फडानी गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नरबहादुर केसीले बताउनुभयो । उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको चार वटा टोली बनाएर गाँजा नष्ट गर्न पठाईएको छ । प्रहरीले गाँजा फडानी गर्दा हुने संभावित द्वन्द्वलाई न्यूनीकरण गर्न विशेष कार्ययोजना बनाएर प्रहरी परिचालन गरेको छ । जिल्लाको विशेषगरी रुपाटार, लिम्पाटार, सोरुङ, छविसे, तावाश्री, पञ्चावती, ईनामे, लेखगाउँ, ओख्ले गाविसमा गाँजा खेती लगाईने गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here