करेन्ट लागेर एक बालिकाको मृत्यु

29
Want create site? Find Free WordPress Themes and plugins.

असार ११ – सर्लाहीको हरिपुरमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । हरिपुर गाविस-१ जुटपानीका उपेन्द्र पासवानकी ११ वर्षकी छोरी तिरशला कुमारी पासवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान ७ बजे टिभीको प्लग जोड्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गएको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here