करेन्ट लागेर माडीमा एकजनाको मृत्यु

18
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,३

पश्चिम चितवनको ग्रामिण भेग माडीमा आज बिहान करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । बाख्रालाई घाँस काट्ने क्रममा करेण्ट लागरे माडी-२ धुव्रटोलका ६२ बर्षीय वेचन महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । भेलरको रुपमा चढेर हाँगा काट्ने क्रममा नांगो तारमा छोइएर करेन्ट लागेको र रुखबाट लडेर महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । गाउँमा बिजुली बाल्ने सपना देखेका उनी सपना पूरा हुन नपाउँदै बिजुलीकै कारण मृत्युको शिकार भए । भूईमा ढुङगामा ठोकिएर गम्भीर घाइते बनेपछि नजिकैको घरमा पुर्‍याएलगत्तै उनको ज्यान गएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र प्रसाद पौडेलले हाइटेन्सन नजिकका रुख तथा हाँगा काट्दा विद्युत प्राधिकरण तथा प्राविधिकको सल्लाह लिन सबैलाई अनुरोध गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here