कसैले नदेख्ने नजरमा छ तृष्णा “बिन्दा लामा”

69
Want create site? Find Free WordPress Themes and plugins.

अधरमा छ सागर बगरमा छ तृष्णा।।
कसैले नदेख्ने नजरमा छ तृष्णा ।।

छिचोल्दै अँध्यारो फिजाएर ज्योति।
बिहानी खुलेको खबरमा छ तृष्णा।।

कदम छन् निरन्तर सफल हुन्छ हुन्न ।
झिनो आश बोक्दै सफरमा छ तृष्णा।।

भए जिन्दगीको समरमा पराजित।
बिधाता हुँ आफै बदरमा छ तृष्णा।।

नशा हो कलमको म साहित्य रोगी।
गजलको छु प्यासी बहरमा छ”तृष्णा”

बहर -मुतकारिब सालिम
रुक्न १२२-१२२-१२२-१२२

बिन्दा लामा”तृष्णा”
तिनकन्या६सिन्धुली
हाल:टर्की

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here