काँग्रेसको हेटौंडा ५ र १९ मा चुनाव प्रचारप्रसार कार्यालय

19
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,८-
नेपाली काँग्रेसको चुनाव प्रसारप्रसार एवं घरदैलो अभियान अन्र्तगत हेटौंडा ५ को भैरवटोल र १९ को स्कुलटोलमा शुक्रबार चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन र समिति गठन गरिएको छ । हेटौंडा ५ का वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गणेश भेटवालको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । कार्यक्रममा अतिथिहरु पार्टीका सल्लाहकार प्रभातकुमार दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ४ नम्बर सभापति हरिप्रसाद पौडेल, समाजसेवी हरिवंश भेटवाल, ५ नम्बर उपसभापति टिकाप्रसाद चौलागाई, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, राधा कोईराला, राजेश बानियाँ, प्रमिला खतिवडा, मनमाया विक, अन्जनीकुमार पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै शुक्रबारै हेटौंडा १९ को स्कुलटोलमा चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । हेटौंडा १९ नम्बर वडाका चुनाव प्रचारप्रसार समितिका संयोजक धनबहादुर गुरुङको सभापतित्व तथा पार्टीका सल्लाहकार प्रभातकुमार दाहालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा एमालेलगायतका विभिन्न पार्टी परित्याग गरी ५३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा अतिथिहरु नगर सभापति आनन्दराम पराजुली, पार्टीका १९ नम्बर बरिष्ठ उपाध्यक्ष मदन जिम्बा, तरुण दल नेता राजेश भेटवाल, गोपाल बर्तौला, शालिकराम अधिकारी, ज्ञानेन्द्र बर्तौला, रामकुमार थापा, विष्णुलाल स्याङतान, सरस्वती, भण्डारी, खेमराज बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । भोलाले सरस्वती भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समितिसमेत गठन गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here