कांग्रेसकै सहमतिमा महाअभियोग प्रस्ताव

21
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ८ – उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मात्र नभएर कांग्रेससँग मिलेर महाअभियोग प्रस्ताव ल्याएको बताउनुभएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान तीनै दल मिलेर लयाएकाले कांग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याइएको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाइएको छ, यी भ्रमात्मक कुरा हुन्, हामी यो गठबन्धनलाई बलियो बनाउनको लागि गम्भीर छौं, यसबारेमा कांग्रेस र हामीबिच छलफल भैरहेको छ ।’ मन्त्री शर्माले महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेकोले दुई तिहाई भन्दा बढी मतले पारित हुने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘यो प्रस्ताव तीन वटै पार्टीका प्रमुखहरुबिच छलफल भएर आएको हो, यसमा कसैले शंका नगरेपनि हुन्छ, हाम्रो अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो, छलफल नै नभईकन प्रस्ताव आयो भन्नु गलत हो ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here