कांग्रेसबाट १० जना राज्यमन्त्री थप, मन्त्रीपरिषद ४१ सदस्यीय हुने

27
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर १४ – नेपाली कांग्रेसले दशजना राज्यमन्त्रीको नाम सिफारिस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दीर्घराज भाटलाई भौतिक योजना तथा निर्माण, सीताराम मेहतालाई वन, तारामान गुरुङ्गलाई स्वास्थ्य तथा जनसंख्या, सुरेन्द्र आचार्यलाई सिँचाइ, सुवर्ण ज्वारचरलाई शहरी विकास राज्यमन्त्रीका रुपमा सिफारिस गर्नुभएको हो । यस्तै, इन्द्र बाँनियालाई पर्यटन, दिपक खड्कालाई खानेपानी तथा सरसफाई, कञ्चन बादे श्रेष्ठलाई उद्योग, मिठु मल्ललाई वाणिज्य र दिलिप गचछदारलाई श्रम राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको सभापति देउवाका मुख्य स्वकीय सचिव भानु देउवाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । राज्यमन्त्रीहरुले बुधबार सपथ ग्रहण गरेपछि मन्त्रीपरिषद ४१ सदस्यीय हुनेछ । सभापति देउवाले गृह राज्यमन्त्रीमा भने कसैको नाम सिफारिस गर्नुभएको छैन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here