कांग्रेसमा लोकमानको पक्षमा बोल्ने नेता जम्मा तीनजना , जिब्रो चपाउने धेरै

24
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ८ – लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे कांग्रेसले अझै मुख खोलेको छैन । कांग्रेसले मुख नखोलेपछि सत्तारुढ माओवादी केन्द्रलाई पनि यसबारे औपचारिक निर्णय  गर्न गाह्रो छ । यद्यपी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिइसक्नुभएको छ । कांग्रेस पनि महाअभियोग प्रस्तावकै पक्षमा निर्णय लिने तयारीमा त छ, तर निर्णय गर्न बाँकी छ । यसबारे छलफल गर्न सोमबार पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । प्रस्तावमाथि मंगलबार संसदमा छलफल हुने भएकाले कांग्रेसले सोमबार नै आधिकारिक निर्णय गर्र्न सक्ने धेरैको अनुमान छ ।तर सोमबार पनि निर्णय आउन कठिन रहेको एक नेताले उज्यालो अनलाइनलाई बताए । उनका अनुसार लोकमानको बारेमा जिब्रो चपाएर बोल्ने नेताहरुको संख्या धेरै भएकाले निर्णय गर्न ढिलो हुनेछ । ‘पार्टी सभापति प्रस्तावको पक्षमा हुनुहुन्छ, तर केही प्रभावशाली नेता नै लोकमानको पक्षमा खुलेर लागेकाले उहाँलाई निर्णय लिन समस्या भएको हो’ ती नेताले भने । कांग्रेस स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले महाअभियोगको प्रस्तावमाथि मंगलबार संसदमा सुरु हुने छलफलमा प्रस्तावकै पक्षमा बोल्न आफुनिकट सांसदहरुलाई निर्देशन दिइसक्नुभएको छ । तर औपचारिक निर्णय भने संसदीय दलको बैठकपछि मात्रै गर्ने उहाँको तयारी छ ।

लोकमानलाई जोगाउन खोज्ने तीनजना मात्रै

जनमत लोकमानको विपक्षमा भएकाले कांग्रेसमा पनि महाअभियोग लगाउनुपर्छ भन्ने नेताहरुको संख्या थपिन थालेको छ । तर तीनजना नेता भने अझै पनि लोकमानको पक्षमा खुलेर लागेका छन् । स्रोतका अनुसार उपप्रधानमन्त्री समेत रहेका नेता विमलेन्द्र निधि, शेखर कोइराला र एनपी साउद मात्र लोकमानलाई जोगाउनुपर्छ भन्ने पक्षमा छन् । महाअभियोग प्रस्ताव एमालेको चाल भएको र यसले बामपन्थी ध्रुबीकरणलाई बल पुग्ने भएकाले कुनै हालतमा पार्टी यसको पक्षमा उभिन नहुने उनीहरुको तर्क छ ।

प्रस्तावको पक्षमा खुल्ने नेताको संख्या पाँच

स्वास्थ्यमन्त्री समेत रहेका युवा नेता गगन थापा र अर्का नेता धनराज गुरुङ पहिलेदेखि नै लोकमानको विपक्षमा थिए । अहिले पनि पार्टी बैठकमा उनीहरुले महाअभियोग प्रस्तावको पक्षमा उभिनुपर्छ भनेर पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । यसमा प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र रत्ना शेरचनले पनि साथ दिएका छन् । उनीहरुले आइतबार पार्टी सभापति देउवालाई भेटेर महाअभियोग प्रस्तावको पक्षमा छिटो निर्णय गर्न आग्रह गरेका थिए । सोमबार उनीहरुले कांग्रेस सांसदहरुको भेला समेत गर्दैछन् ।

जिब्रो चपाएर बोल्ने धेरै

कांग्रेसमा देउवा बाहेक अरु शीर्ष नेताले लोकमानको बारेमा खुलेर बोल्न सकेका छैनन् । ‘खै के गर्ने के भनेर जिब्रो चपाउनेहरु धेरै छन्’ केन्द्रीय समिति बैठकमा सहभागी एक नेताले भने, ‘उनीहरु खुल्न नसकेपछि पार्टी सभापतिलाई निर्णय लिन गाह्रो भएको हो, तर पार्टी सभापति चाहिँ प्रस्तावको पक्षमा खुलिसक्नुभएको छ ।’ लोकमानविरुद्ध खुलेर बोल्ने नेताहरुको संख्या कम भएपनि महाअभियोग प्रस्तावबाट पछाडी हट्न मिल्दैन भन्नेहरुको संख्या कांग्रेसमा पनि थपिन थालेको छ । महामन्त्री सशांक कोइराला र प्रकाशमान सिंहले राजीनामा नआए महाअभियोग प्रस्तावकै पक्षमा जानुपर्ने भन्दै वकालत थालेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here