कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, बिहीबार प्रदेश नम्बर २ का नेतासँग छलफल

60
Want create site? Find Free WordPress Themes and plugins.

साउन,४-

नेपाली कांग्रेसले यही असार ९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकमा सरकार सञ्चालन, आगामी चुनाव लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसले तेस्रो चरणको चुनावको तयारीका लागि दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य र जिल्ला सभापतिसहितको बैठक बिहीबार आह्वान गरेको छ । बैठक बिहान ९ बजे बानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा बस्नेछ ।

बैठकमा प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र दोस्रो संविधानसभा चुनावका प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासीहरुलाई बोलाइएको छ । बैठकमा सभापति शेरबहादुर देउवा र पार्टी पदाधिकारीले आवश्यक निर्देशन दिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पहिलो र दोस्रो चरणको चुनावमा दोस्रो बनेको कांग्रेसले दुई नम्बर प्रदेशमा धेरै सिट जित्दै पहिलो बन्ने दाबी गर्दै आएको छ । गत बैशाख ३१ र असार १४ गते भएको चुनावमा एमाले पहिलो र माओवादी केन्द्र तेस्रो भएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here