कांग्रेस महामन्त्रीमा शशांक कोइरालाको जित सुनिश्चित

37
Want create site? Find Free WordPress Themes and plugins.

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा शशांक कोइरालाको जित सुनिश्चित भएको छ । जारी मत गणनामा अर्जुननरसिंह केसी दोस्रो र गगन थापा तेस्रो स्थानमा रहे ।

आइतबार भएको निर्वाचनको मत गणना मंगलबार भएको थियो । जसमा बीपी पुत्र शशांक अगाडि छन् । अब २४८ मत मात्र गणना हुन बाँकी छ र शशांकले ३ सय बढीकै अग्रता लिएका छन् ।

२९ सय मत गणना हुँदा शशांकले १ हजार २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका अर्जुन नरसिंह केसीले ९६० मत पाएका छन् भने गगन थापाले ५१२ मत ल्याएका छन् ।

निर्वाचनमा ३ हजार १४८ मत खसेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here