काठमाडौंको मनोहरामा प्रहरी र गुण्डासमूहबीच गोली चल्यो

16
Want create site? Find Free WordPress Themes and plugins.

असोज,६-

काठमाडौंको मनोहरामा शुक्रबार साँझ प्रहरी र गुण्डा समूहबीच गोली चलेको छ । प्रहरीको गस्ती टोलीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा एक गुण्डानाइके गम्भीर घाइते भएका छन् । प्रहरीको जवाफी फायरिङको क्रममा गुण्डानाइके रामेश्वर गौतम घाइते भएको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी दिनेश लोहनीले जानकारी दिए ।

गम्भीर घाइते गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ । गौतम समूहका दुई जना भने फरार भएको प्रहरीले जनाएको छ । नेपालीहरुको महान चाड बडादशैं शुरु भएपछि गुण्डाहरुको विगविगी बढेको भन्दै प्रहरीले गस्ती तीब्र पारेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here