काठमाडौंबाट चरेशसहित दुई जना पक्राउ

314
Want create site? Find Free WordPress Themes and plugins.

असार १३ – प्रहरीले ३५ किलो चरेशसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा डुमरवाना गाविसका साइमन तामाङ र नुवाकोट बुमङताङ गाविसका धनबहादुर तामाङलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनीहरुले ३० किलो चरेस दुई वटा झोलामा ईट्टाजस्तो बनाएर लुकाएको तथा ५ किलो चरेश भने बुद्धको प्रार्थना किताबमा लुकाएर राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । साइमनले तीन वर्षदेखि थाइल्याण्डमा चरेश ओसारपसार गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

उनले यसअघि काँकडभिट्टा नाका हुँदै पाँच किलो चरेश भारतको सिलगुडी पु¥याएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै सन् २०११ देखि लागुऔषध कारोबारमा संलग्न धनबहादुरले भने दिल्ली हुँदै होल्याण्डमा दुई पटक तथा हङकङमा तीन पटक लागुऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ ।

यस्तै हङकङ पठाएको चरेश प्राप्त गर्ने साहिद खान तथा प्रहरीले केही दिनअघि पक्राउ गरेको पाकिस्तानी नागरिक मोहमद वाहिद खान एकै व्यक्ति भएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here