काबुलमा आत्मघाती आक्रमणमा परेका १२ नेपालीको शव परिवारलाई बुझाइयाे

39
Want create site? Find Free WordPress Themes and plugins.

असार ८ – अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव काठमाडौं ल्याइएको छ । गएको सोमबार बिहान भएको बम आक्रमणमा ज्यान गुमाएकाको शव काठमाडौंमा परिवारलाई बुझाइएको छ ।

नेपाल वायु सेवा निगमको चार्टर विमानले ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याएको हो । ज्यान गुमाएकाको शव बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभयो । उहाँले यो घटनालाई कायरतापूर्ण भन्दै निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल लगायतले विमानस्थल पुगेर मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

बुधबार बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली सेनाका चार जना, नेपाल प्रहरीका तीन जना, गृह मन्त्रालयका एक जना, परराष्ट्र मन्त्रालयका एक जना र वैदेशिक रोजगार प्रवर्धन बोर्डका एक जना नेपाल वायु सेवा निगम (नेवानी) को विमान चार्टर गरेर अफगानिस्तान गएका थिए ।

विमानमा १४ जना नेपाली पनि स्वदेश फर्किएका छन् । शव लिन गएको नेपाल एयरलाइन्सको चार्टर विमानमा १४ जना नेपाली स्वदेश फर्किएका वायु सेवा निगमका फ्याइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here