किस्मत २’ मा शिल्पाको पिक्चर हिट

23
Want create site? Find Free WordPress Themes and plugins.

निर्माता छविराज ओझाको निर्माणमा बनेको चलचित्र ‘किस्मत २’ असोज २१ गतेबाट रिलिज हुँदैछ । तर, नचल्दै पिक्चर हिट भैसकेको छ ।

चलचित्रमा समावेश ‘पिक्चर हिट’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रका कलाकार तथा संगीतकर्मीले गीत सार्वजनिक गरे ।

सार्वजनिक गीतमा दीपक शर्माको संगीत छ भने सहिमा श्रेष्ठ र कृष्ण काफ्लेले स्वर भरेका छन् । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने मदनकाश्यप घिमिरेले छायांकन गरेका हुन् ।

ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रमा शिल्पा पोख्रेल, किशोर खतिवडा, पृथ्विराज प्रसाँइ मुख्य भूमिकामा छन् । चलचित्रमा अर्जुन पोख्रेलको पनि संगीत छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here