कुकुरले टोकेर बर्दिबासमा एकै दिन १३ घाइते

10
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२२-

महोत्तरीको बर्दिवास नगरपालिका बजार क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । कुकुरले अधिकांशलाई घाँटी भन्दामाथि टोकेको छ । घाइतेमध्ये ८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।तिनीहरुलाई घाँटीमाथि टोकेका कारण उपचार गर्न काठमाडौं रेफर गरिएको बर्दिवास अस्पतालले जनाएको छ । अरु घाइतेको बर्दिवासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीको यहाँ उपचार सम्भव नदेखिएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको शुभस्वस्तिक हस्पिटलका सञ्चालक प्रदीप कार्कीले जानकारी दिए । कुकुरले टोकेकामध्ये अधिकाश बालबालिका रहेका छन् । बाटोमा हिड्नेहरुलाइ कुकुरले टोक्दै हिँडेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानैदेखि कुकुर टोकेको खबर फैलिएपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय बर्दिवासले टोक्ने कुकुरलाई स्थानीयले मारेको जानकारी आएको बताएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here