कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो

107
Want create site? Find Free WordPress Themes and plugins.

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ । यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

मेष राशि

मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।

वृष राशि

वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ ।

मिथुन राशि

यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।

कर्कट राशि

ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ ।

सिंह राशि

सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ ।

कन्या राशि

कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।

तुला राशि

ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।

वृश्चिक राशि

वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।

धनु राशि

यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ।

मकर राशि

मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।

कुम्भ राशि

ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।

मीन राशि

मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।

नेपालि हेडलाइन बाट

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here