कुलेखानीमा टाटासुमो दुर्घटना, एकजनाको मृत्यु, ९ घाइते

32
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१४ –

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेटौँडाबाट काठमाण्डौ जाँदै गरेको सुविधा सुमो सेवा प्रा.लिको ना १ ज २९५८ नम्बरको सुमो दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा शिखरपुर, मकवानपुरका उक्तरकुमार मोक्तान रहेका छन् । सडकबाट २५ मिटर तल खसेको सुमोको दुर्घटनामा परि  ९ जना घाइते भएका छन् । घाइतेहरुलाइ उपचारको निम्ति काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । 

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

मकवानपुरको फापरबारी गाविस–२ चौराखोलामा मंगलबार नै ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । खोलामा वालुवा लोड गरेर फापरबारीको झुरझुरेतिर जाँदै गर्दा नम्बर नभएको अन टेष्ट ट्याक्टरबाट खसेर फापरबारी–२ का नारायण थिङको ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here