केएल दुगडको नेपालगञ्ज गोदाममा आगलागी

28
Want create site? Find Free WordPress Themes and plugins.

साउन,७-

नेपालगञ्ज- कोहलपुर सडकखण्डको भुजई गाउँमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा शनिबार दिउसो भिषण आगलागी भएको छ । शनिबार दिउसो करिब ३ः४५ बजेदेखि सुरु भएको सो आगलागी साँझ ७ ः४५ बजे नियन्त्रणमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिकाका दमकल आगलागि सुरु भएको घण्टा डेढ घण्टाभित्रै घटनास्थल पुगेको भएपनि नेपालगन्ज बिमानस्थलको दमकल भने झण्डै ४ घण्टापछि मात्र घटनास्थलमा पुगेको थियो । गोदाममा भण्डारण गरेको गहुँ निकाल्न सजिलो होस भनेर जेसीसीको समेत प्रयोग गरेको थियो ।

तेल र घिउ राखेको गोदामबाट आगो सुरु भएको प्रत्यक्षदर्शी सुरेश भण्डारीले बताए । उनले भने, ‘बाटोमा हिँड्दै थिए, एक्कासी धुँवाको मुस्लो देखेँ । गोदामको माथिबाट आगो बलेको थियो ।’ आगलागीमा परेर कुनै मानविय क्षति नभए पनि ठूलो मात्रामा भण्डारण गरेर राखिएको स्वस्तिक बनस्पति घिउ, सोयाबिन तेल र केही गहु जलेर नष्ट भएको छ । तीन वटा दमकल, स्थानीय प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नसकेपछि जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत गृह मन्त्रालयमा अनुरोध गरेर विमानस्थलको दमकल आएको थियो ।

 

घटनास्थलमा पुगेका केएल दुगड समुहका नेपालगन्ज प्रबन्धक प्रदीप छाजेडले आगलागीको कारण खुल्न नसकेको बताए । उनले भने-‘शनिबारको दिन भएकोले घरमै थिएँ, एक्कासी गोदाममा आगलागी भएको खबर भयो । यहाँ आउदा tmे र घिउ राखेको गोदाममा आगोको मुस्लो निस्किरहेको थियो ।’ दक्ष जनशक्तिको अभावको कारण आगो निभाउन घटनास्थलमा पुगेको कोहलपुर नगरपालिकको दमकलले आफैंले बोकेर ल्याएको पानी खोल्न नजान्दा एक ट्यांकर पानी त्यतिकै खेर गएको थियो । गोदामदेखि करिब ५ सय मिटरको दुरीमा रहेको होटल सिद्धार्थ भ्यूबाट पानी भर्ने व्यवस्था मिलाएको थियो । तर, पानीको भरमा तेल र घिउमा लागेको आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल मै रहेका बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । विमानस्थलमा रहेको ग्याँस सहितको दमकल पुगेपछि भने आगो नियन्त्रणमा आएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here