कोककला कप फुटबल : उद्घाटन खेलमा आधुनिक राष्ट्रिय उच्च मावि विजयी

59
Want create site? Find Free WordPress Themes and plugins.

हेटौंडा,२७ साउन
मकवानपुर फुटबल संघको आयोजनामा हेटौँडामा विहिबारबाट सुरु भएको कोककला कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आधुनिक राष्ट्रिय उच्च मावि विजयी भएको छ । विहिबार हेटौँडा औद्योगिक क्षेत्रको फुटबल मैदानमा भएको उदघाटन खेलमा हेटौँडाको आधुनिक राष्ट्रिय उच्च माविले हेटौँडा कर्राको श्रमिक माविलाई २—० गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको छ ।
नकआउट प्रतियोगिताको पहिलो खेलको दोश्रो मिनेटमानै आधुनिकका सुजनकुमार लामाले टिमलाई १—० को अग्रता दिलाएका थिए । श्रमिक भन्दा निकै शसक्त देखिएको आधुनिकको लागि दोश्रो तथा विजयी गोल खेलको २७ औ मिनेटमा कबिर भोलनले गरे र आधुनिक सेमिफाईनल प्रबेश गर्दा श्रमिक बाहिरियो ।
१० वटा विद्यालय सहभागिता रहेको प्रतियोगिता साउन ३२ गतेसम्म चल्ने जिल्ला फुटबल संघ मकवानपुरका सदस्य ज्ञानु क्षेत्रीले बताए । क्षेत्रीका अनुसार विजेता टोलीले २० हजार नगद प्राप्त गर्नुको साथै क्षेत्रीय छनौटको अवसर समेत प्राप्त गर्नेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here