कोपा अमेरिका : उरुग्वेको २५०० गोल

22
Want create site? Find Free WordPress Themes and plugins.

जेठ ३२ – उरुग्वेले अन्तिम खेलमा प्रभावशाली जितसहित यसपटकको कोपा अमेरिका फुटबल यात्रा टुंग्याएको छ । मंगलबार बिहान टेक्सासमा भएको समूह सी अन्तर्गतको अन्तिम खेलमा उरुग्वेले जमैकालाई ३–० ले हरायो । अघिल्ला दुई खेलमा हारेको १५ पटकको उपाधि विजेता उरुग्वेले अन्तिम खेलमा जिताउन एबल हर्नान्नडेज र मिथाएस कोरिजोले एक एक गोल गरे । जमैकाका जो–भोन वाट्सनले आत्मघाती गोल गरे । २१ औं मिनेटमा हर्नान्नडेजले गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको उरुग्वेको अग्रता ६६ औं मिनेटमा जमैकाका वाट्सनले आत्मघाती गोल गरेपछि दोब्बर भयो । ८८ औं मिनेटमा कोरिजोले गोल गर्दै उरुग्वेलाई ३–० को जित दिलाए । समूह चरणबाटै बाहिरिएको उरुग्वे पहिलो खेलमा मेक्सिकोसँग ३–१ तथा दोस्रो खेलमा भनेजुएलासँग १–० ले हारेको थियो । उरुग्वेले कोपा अमेरिकामा अहिलेसम्म २५ सय गोल गरेको छ । उसले सन् १९१६ मा पहिलो गोल गरेको थियो । जमैका भने तीनै खेलमा पराजित भयो ।
– एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here