क्रियाशिल पत्रकार महिला मकवानपुरको अध्यक्षमा रेश्मी कार्की

46
Want create site? Find Free WordPress Themes and plugins.

असार,२५-

क्रियाशिल पत्रकार  महिला मकवानपुरको  तेस्रो अधिवेशन आज हेटौंडामा सम्पन्न भएको छ । अधिवेशनले रेश्मी कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शुभलक्ष्मी बिक, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा आरति ढकाल र सदस्यहरुमा प्रिया पौडेल, रुपमा गुरुङ, मिना श्रेष्ठ, शान्ति सेन्चुरी, शोभा बराल, सम्झना रिजाल र सुनु थिङ रहेकी छिन् ।

क्रियाशिल पत्रकार  महिला मकवानपुरका जिल्ला अध्यक्ष रञ्जीता डंगोलको सभाध्यक्षता तथा वरिष्ठ पत्रकार सम्झना कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य, पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरकी अध्यक्ष रुपा गुरुङ, नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here