क्रियाशिल विद्यार्थी संगठनद्रारा नेपालगञ्जमा लोकमानको पुत्ला जलाइयो

47
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ७ – व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा बाँकेमा क्रियाशिल विद्यार्थी संगठनले आइतबार नेपालगञ्जमा प्रदर्शन गर्दै पुत्ला जलाएका छन् । महाअभियोग प्रस्ताव संसदमा  सफल गराउन माग गर्दै विद्यार्थीले नेपालगञ्जमा प्रदर्शन गरेको  एमाले सम्वद्ध अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित साहले जानकारी दिनुभयो । महाअभियोग प्रस्ताव पारित गराउन राजनीतिक दलका शीर्ष नेता र सांसदहरुलाई दबाव दिन प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।  प्रमुख राजनीतिक दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले नेपालगञ्जको गणेशमान चोकबाट वीपी चोकसम्म प्रर्दशन गरेका थिए । प्रदर्शनमा सहभागी विद्यार्थीले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्व नाराबाजी समेत गरेका थिए । उनीहरुले सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर, लोकमानलाई कारबाही गर लगायतका नारा लगाएका थिए । दबाव अभियानमा कांग्रेस, एमाले, माओवादीलगायत १३ विद्यार्थी संगठनको सहभागिता थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here