खनालले भने कसैले भन्दैमा संविधान संशोधन हुदैन

21
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले यथास्थितिमा एमालेले संविधान संशोधन गर्न नदिने बताएका छन् । कार्यान्वयन नगर्दै संशोधान गर्दा संविधान प्रतिगामी हुने उनको तर्क छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले सरकारमाथि वाह्य पक्षको दबावमा संविधान संशोधन गर्न लागेको आरोप लगाएका छन् । उनले भने, अहिले संविधान संशोधान होइन, कार्यान्वयनको पक्षमा जानुपर्छ । तराई मधेसका जनता संविधान संशोधान चाहन्छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री खनानलले एकाध केही मधेसीहरु असतुष्ट हुनु स्वभाविक भएको बताए । संविधान निर्माण सवैको पक्षको सहमतिमा हुन नसक्ने भन्दै उनले मधेसका वहुसंख्यक जनताले संविधान स्वीकार गरेको दाबी गरे । उनले भने, हिमाल, पहाड, तराईलाई समेटर संविधान जारी भएको छ । कसैले भन्दैमा वा चाहँदैमा संशोधन हुने छैन । उनले संविधान संशोधानका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग सरकारले कुनै छलफल नगरेको बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here