खल्तीमा मोवाइल राख्दा चार्ज हुने लुगा !

26
Brooklyn, NY - January 11, 2016: Amanda Parkes, Chief of Technology & Research for Manufacture NY, works on wearable technology at her desk. Manufacture NY is an incubator started by Bob Bland to support fashion designers that are making goods in New York City. CREDIT: Bryan Derballa
Want create site? Find Free WordPress Themes and plugins.

जेठ 13 – आवश्यक परेकै बेला मोवाइल फोनमा चार्ज नभएर हैरानी खेप्नु परिरहन्छ । कहिले चार्जर बिर्सिने, कहिले बत्ती नहुने त कहिले चार्जर नै बिग्रिएर समस्या हुने । अब ढुक्क हुनुहोस्, यस्तो समस्या समाधानका लागि काम भइरहेको छ । मोवाइल खल्तीमा राख्ने बित्तिकै चार्ज हुने लुगा बन्दै छन् । अमेरिकाको न्यू योर्कमा फेसन टेक्नोलोजिष्टको काम गरिरहेका अमान्दा पाक्र्स मानिसलाई खास लाग्ने र प्रविधिको भरपुर उपयोग गर्न सकिने कपडा बनाउन एउटा समूहसँग जुटिरहेकी छिन् । तर यसको लागि दुई विपरीत ध्रुब फेसन डिजाइनिङ र विज्ञान प्रविधिलाई एकै स्थानमा ल्याउनुपर्ने हुन्छ । अमान्दा पाक्र्स अन्य केही प्राविधिकसँगै यस काममा जुटिरहेको बिबिसीमा खबर छ । मोवाइल फोन चार्ज हुने कपडा बनाउनु त्यति चुनौतिको कुरा होइन । तर मानिसलाई लगाउन सहज हुने मिलेको कपडामा प्रविधि जोड्नु चुनौतिको विषय हो । उनी भन्छिन्, ‘कपडामा यो प्रविधि एकदम सहज हुनेगरी जोडिनुपर्छ, जसरी पानीमा चिनि मिलेको होस्, मानिसको शरिरमा त्यसले कुनै असर नगरोस् ।’ उनीहरु अहिले त्यस्तो कपडा निर्माणको सुरुवाती चरणमा छन् । यो प्रविधिको विकास सफल परीक्षण हुनेमा उनीहरु ढुक्क छन् । अब मोवाइल चार्ज गर्नु कुनै समस्याको विषय हुने छैन । अब कपडा बनाउन पनि हार्डवयर र सफ्टवयर आवश्यक पर्ने देखिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here