खुर्सानीको धुलो छर्केर १६ लाख रुपैयाँ लुटियो

37
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,१०

तुलसीपुर-१४ चैलाही निवासी दुर्गा लामिछानेले आफ्नो साथबाट १६ लाख रुपैयाँ लुटिएको बताएका छन् । मोटरसाइकल चढेर आएका तीनजना आँखामा खुर्सानीको धुलो हालिदिएर १० लाख भारु (१६ लाख नेपाली रुपैयाँ) लुटेको लामिछानेले बताए ।लामिछाने बुटवल बस्त्रालयका कर्मचारी हुन् । बस्त्रालयका प्रोपाईटर राजकुमार श्रेष्ठले लामिछानेलाई सो रकम कृष्णनगर भन्सारमा पठाउनका लागि दिएको बताएका छन् । लामिछानेले तुलसीपुर बसपार्कमा पुगेका बेला नकाबधारी व्यक्तिले आँखामा खुर्सानीको धुलो हालिदिएर रकम लुटेको बताएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । लामिछाने तुलसीपुर प्रहरीको नियन्त्रणमा छन् । तथ्य कुरा पत्ता लगाउन अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here