गत आर्थिक बर्षमा दुग्ध कारोबार ११ लाखले बृद्धि :-ब्यवस्थापक दाहाल

19
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२-
गत आर्थिक बर्षमा मकवानपुरमा दुग्ध कारोबार ११  लाखले बृद्धि भएको छ । नेपाल सरकार दुग्ध विकास संस्थानद्घारा कृषक बाट खरिद गरिने दुग्धको बिक्रि मुल्यमा चालु आर्थिक बर्ष भाद्र १ गते बाट दुधको मुल्य ६ रुपैंयाले बढेको हो । गत आर्थिक वर्षमा ७४ लाख २९ हजार ५ सय ८५ प्रति लिटर दुध उत्पादनमा खरिद बिक्री भएको छ । दुध बिक्रीमार्फत ३७ करोड ३९ लाख ४ हजार ९ सय ७ रुपैंया गाउँका किसानले प्राप्त गरेका छन् ।

पछिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा दुध उत्पादन ६२  लाख ९६ हजार २ सय ९७ प्रति लिटर उत्पादनमा खरिद बिक्री भएको थियो । पछिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक बर्षमा राम्रो दुग्ध उत्पादन र बिक्रि भएको  जिल्ला दुग्ध उत्पादन सहकारि संस्था लिमिटेड हेटौंडा कार्यलय व्यवस्थापक  कुमारमणी दहालले बताए  । गत आर्थिक वर्षमा झन्डै ३९ करोडको ब्यवसायिक कारोबार भएको हो । उक्त कारोबारबाट ८७ लाख १९ आम्दामि बचत भएको थियो ।  उक्त बचतको २५ प्रतिसत जगेडा कोष कटाई  बाकिलाई सत प्रतिसत मानि संघले गरेको  आय बाट समेत सदस्य संस्थालाई ६० प्रतिसत रकम दुग्ध खरिद प्रा।लिमा प्रोत्साहान दिने गरेको छ ।

मकवानपूर जिल्लामा सदस्य दुध सहकारी संथा ५४ ओटा रहेको छ । हेटौंडा उपमहानगरपालीका  साथै मनहरी, भमिफेदी, बकैया र गढी गाउँ पालीकाहरुमा संस्था संञ्चालनमा आएको छ । संघले संघले संम्भाब्य क्षेत्रमा पनि नयाँ संस्था संञ्चालन गर्ने जोड दिएको दहालले बताए । हाल दैनिक सहकारी संञ्जालमा करीब १८ देखी २० हजार लिटर दुध दैनिक संकलन हुने गरेको छ । मकवानपूरको हेटौंडामा रहेको साना तथा ठुला उद्योगहरु लगाएत काठमाण्डौं र पोखराको सुजल डेरी उद्योगहरुलाई दैनिक तथा साप्ताहीक रुपमा एकद्घार प्रणलि अन्तर्गत संघले दुध बिक्री व्यबस्थापन गर्ने गरेको दहालले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here