गाँजासहित चार जना पक्राउ

19
Want create site? Find Free WordPress Themes and plugins.

जेठ ३२ – उदयपुरमा प्रहरीले एक सय तीन किलो गाँजासहित चार जनालाई मंगलबार बिहान पक्रेको छ ।

उदयपुरको ओख्लेबाट चोर बाटो भएर सिराहातर्फ ठूलो परिमाणको अवैध गाँजा लैजाँदै गरको गोप्य सूचनाका आधारमा प्रहरीले रिस्कु पाट्नेबाट उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी उपरिक्षक नरबहादुर केसीले बताउनुभयो ।

पक्राउ पर्नेमा ओख्ले–८ का १७ वर्षे जीवन ठकुरी, ओख्ले– ७ का १७ वर्षे गणेश हमाल, लेखगाउँ–८ का १९ वर्षे रामजी मगर र रुपाटार–६ का २३ वर्षे केशव ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केसीका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक विक्रम लामा नेतृत्वको प्रहरी टोलीले बिहान साढे दुई बजे एक सय तीन कोलो गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।

गाँजा बोकेर ६ जनाको समूह आएको भएपनि दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेमा लेखगाउँ–७ का विक्रम ठकुरी र सिराहाका मेखबहादुर सेनठकुरी रहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here