गायिका रितु कँडेलको आवाजमा ‘मेरा त दाजै सिंगापुरे लाहुरे’ बोलको तीज गीतको भिडियो सार्वजनिक

2199
Want create site? Find Free WordPress Themes and plugins.

तीज आउन अब धेरै समय छैन् । हुनत जेठ महिना लागेपछि नै तीज नजिकिएको आभाष हुन्छ । कोहि तीजे गीत रेकर्ड गर्नमा व्यस्त छन् त कोहि म्यूजिक भिडियो बनाउनमा । यस्तै, गायिका रितु कँडेलको सुमधुर आवाज, लोकनाथ सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘मेरा त दाजै सिंगापुरे लाहुरे’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका रितु कँडेलले यी शब्द भाका हाली गाउँदै नाच्दा साडी चोलोमा सजिएकी मोडल अल्का सुबेदी भने छमछमी नाचेकी छिन्  । गीतको भिडियोको निर्देशन स्मृति तिमल्सिनाले निर्देशन गरेकी हुन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सुटिङ भएको छ । गीतको भिडियोलाई लिएर गायिका रितु निकै नै उत्साहित भएको बताउँछिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here